OSNepal बिहिबार, माघ १३ २०७८

भेंडाका पाठा बाघले मारिदिएपछि भेंडाको दूध दुँदै लालबहादुर

भेंडाका पाठा बाघले मारिदिएपछि भेंडाको दूध दुँदै लालबहादुर

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


भेंडाका पाठा बाघले मारिदिएपछि भेंडाको दूध दुँदै लालबहादुर
Reading Time: < 1 minute

लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ डाँडास्थित भेंडी गोठमा भेंडाको दूध दुहुदै लालबहादुर गुरुङ । केही दिनअघि यस गोठमा दुई वटा भेंडाका पाठा बाघले मारिदिएपछि भेंडाको दूध दुने गरेको गुरुङ बताउनुहुन्छ ।

भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम-लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम सपन्न हुनेवित्तिकै प्रदेशसभाको बैठक बस्ने जानकारी दिनुभयो । “हामीले काम फटाफट सक्यौँ भने सकेसम्म त्यही बैठक बस्ने योजना छ”, उहाँले भन्नुभयो । विसं २०७८ जेठमा रु पाँच करोड २१ लाखको लागतमा प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत सुविधा सम्पन्न सभाहल, सभामुखको लबी, स्टेजलगायतका काम सम्पन्न गर्ने भनिए पनि सभाहललाई लक्षित गरेर काम तीव्र बनाइएको छ ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ पुनले भौतिक पूर्वाधारका काम तीव्ररुपले भइरहेकाले तोकिएको अवधिसम्म निर्माण सकिए प्रदेशसभाको बैठक बस्न सकिने जानकारी दिनुभयो । सभामुखका प्रमुख स्वकीय सचिव ध्रुवविक्रम ओलीले सभाहल निर्माणको काम करिब ३५ प्रतिशत पूरा भएको बताउनुभयो । तीन महिनाभित्र सभाहल निर्माणको काम सकिने आँकलन गरिएको छ ।

प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजनाको निर्माण सुरु गरेको थियो । प्रशासनिक केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाइने गुरुयोजना थियो । स्थायी राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, शीतगङ्गा नगरपालिकालाई समेट्ने छ । एक वर्षअघि लुम्बिनीको स्थायी राजधानी भालुबाङ क्षेत्रलाई तोकिएको थियो । सोही अनुसार त्यसलाई आधुनिक शहरका रुपमा विकास गर्ने लक्ष्य लिइएको थियो । प्रदेशसभाका सूचना अधिकारी यमकान्त पाण्डेले राजनीतिक तहमा कुराकानी भए पनि कर्मचारीको तहमा छलफल नभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड