आगो झै भित्र भित्रै सल्कियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन,संक्रमितको संख्या २३ पुग्यो — OSNepal

आगो झै भित्र भित्रै सल्कियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन,संक्रमितको संख्या २३ पुग्यो

LC (KTM) December 07, 2021 0

अहिले आएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले बिश्वभर फेरी एक पटक तहल्का मच्चाउन सुरु गरिसकेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा हेर्दा हेर्दै संक्रमीतको संख्या बढ्दै जानको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भारतमा २३ पुगेको छ। यसअघि हिजो यो संख्या पाँच गुणाले बढेको थियो।

शनिबारसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या चार मात्र रहेको थियो। तर जयपुरमा एकै परिवारका ९ जना र मुम्बईमा ७ जना र दिल्लीमा १ जनामा ​​यो भाइरसको संक्रमण देखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । आज दक्षिण अफ्रिकाबाट महाराष्ट्र फर्किएका ३७ वर्षीय पुरुष र अमेरिकाबाट फर्किएका उनका ३६ वर्षीय साथीलाई ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

महाराष्ट्रमा ओमिक्रोन संक्रमणको सबैभन्दा बढी १० संक्रमित फेला परेका छन्। ओमिक्रोन संक्रमण भारतमा भित्र भित्रै फैलिन सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर