घोराही उपमहानगरको फोहोर नीति : डम्पिङ गरिने फोहोरलाई शून्यमा झारिने — OSNepal

घोराही उपमहानगरको फोहोर नीति : डम्पिङ गरिने फोहोरलाई शून्यमा झारिने

LC (KTM) December 08, 2021 0

दाङ, २१ मंसिर-दाङको घोराही उपमहानगरपालिकाले ल्याण्डफिल साइडमा जाने कुनै पनि फोहोरलाई शून्यमा झार्ने अभियानको थालनी गरेको छ । घरबाट तथा अन्य ठाउँबाट निस्कने फोहोरलाई पुनः प्रयोगमा ल्याउने र ल्याण्डफिल साइडमा गइरहेको फोहरलाई शून्यमा झार्ने अभियान सुरु गरेको हो ।

त्यसका लागि घोराही उपमहानगरपालिकाले गल्ने, नगल्ने फोहोरको वर्गीकरण गरि खरिद गर्ने कार्यक्रमलाई अघि बढाएको छ । गल्ने फोहोरलाई घरकै करेसाबारीमा प्रयोग गर्ने देखी बायो ग्यास र मल बनाउने उद्योगसम्म पुर्‍याउन सकिने गरी नगरवासी सम्म अभियान चलाएको सरसफाइ तथा वातावरण विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए ।

नगरले प्लास्टिक, सिसा, गत्ता तथा कपडाका टुक्रालाई छुटाएर खरिद गर्ने र ल्याण्डफिल साइडमा पालिँदै आएको फोहोरलाई पैसामा रूपान्तरण गर्न लागिएको उनको भनाई छ । ल्याण्डफिल साइडमा फोहर व्यवस्थापन गर्दा हुँदै आएको लाखौँ रुपैयाँको बचत सँगै फोहोरबाट पैसा आर्जन गर्ने कार्यक्रम नगरवासीमा अभियानकारुपमा लिएको डाँगीले बताए ।

यसका लागि नगरको सरसफाइ व्यवस्थापन शाखाले विभिन्न सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम समेत गर्दै आएको छ । आज पत्रकार एवं वडा सदस्यहरू सँग फोहोर व्यवस्थापनका विषयमा अभिमुखीकरण गरेर सरसफाइ युक्त नगर बनाउने अभियानका बारेमा समेत जानकारी दिएको छ ।

नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले फोहोरको व्यवस्थापन अब घरबाटै सुरु गर्ने र मोहरमा बदल्ने अभियानमा सहभागी हुन नगरवासीलाई अपिल गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर