बहुमत ल्याएर जित्ने दावी गरेका थापाले हारेपछि पहिलो केन्द्रिय कमिटिको बैठक उनको कुर्सी भयो खाली — OSNepal

बहुमत ल्याएर जित्ने दावी गरेका थापाले हारेपछि पहिलो केन्द्रिय कमिटिको बैठक उनको कुर्सी भयो खाली

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन पछि बसेको पहिलो केन्द्रिय कमिटिको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा सहभागी भएका छैनन् ।

आफुले बहुमत ल्याएर फेरि पनि अध्यक्ष बन्ने भन्दै दावी गरेका थापा एकता महाधिवेशनमा अर्का उम्मेदवार राजेन्द्र लिङदेनसँग पराजित भएपछि विभिन्न टिका टिप्पणी गर्दै आएका छन् ।

नवनियुक्त अध्यक्ष लिङदेनले बोलाएको पहिलो बैठकमा थापाको कुर्सी खाली रहेको देखन सकिन्छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा थापा सहभागी नभएका हुन् ।

पहिले नै बैठकमा नआउने बताएका थापाको लागी कुर्सी छुट्टाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर