महामन्त्री पदका लागि उम्मेदवार दिँदै गर्दा थापाले भने -गलत व्यक्तिलाई भोट हालिएछ भन्ने दिन आउन दिनेछैन — OSNepal

महामन्त्री पदका लागि उम्मेदवार दिँदै गर्दा थापाले भने -गलत व्यक्तिलाई भोट हालिएछ भन्ने दिन आउन दिनेछैन

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपालीका कांग्रेसका नेता गगनकुमार थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवार दिँदै गलत व्यक्तिलाई भोट हालिएछ भन्ने दिन आउन नदिने दावी गरेका छन् ।

बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महामन्त्रीमा उम्मेदवारको घोषणा गरेका उनले आफूलाई मत हाले पनि नहाले पनि गलत व्यक्तिलाई भोट हालिएछ भन्ने दिन आउन नदिने बताएका हुन् ।

थापाले नेकपा एमालेको अहंकार सोचेजस्तो नभएको बताउँदै उनले भनेका छन्, ‘आज हाम्रो पार्टीको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । उहाँले पनि यहीँ चाहनुहुन्थ्यो कि नेपालमा नेकपाकै सरकार रहेर यो अवधिको सदुपयोग र हामी प्रतिपक्षमा । सबैले यहीँ चाहन्थ्यो,तर, हामीले नचाहँदा नचाहँदै यस्तो भयो । ओलीको अहंकारले हाम्रो पुस्ताले दयनिय अवस्था भोग्नुपरेको छ । अदालत हेर्नुस्, दल टुटेको हेर्नुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर