हेटौंडातर्फ आउँदै गरेका किरण र आकाश मध्य राति बिच बाटोमा पक्राउ — OSNepal

हेटौंडातर्फ आउँदै गरेका किरण र आकाश मध्य राति बिच बाटोमा पक्राउ

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । अवैध लागु औधष सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेका छन् ।

मकवानपुर, मनहरी गाउँपालिका-९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित निजहरुलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

नहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५ च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित

गाडी चालक घिमिरे र गाडीमा सवार थिङ पक्राउ परेका हुन् । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर