तनहुँमा दिनदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा घरमा सुतिरहेकी सरस्वतीको मृत्यु,अन्य चारजना भागेर भाग्यले बाचे – OSNepal

तनहुँमा दिनदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा घरमा सुतिरहेकी सरस्वतीको मृत्यु,अन्य चारजना भागेर भाग्यले बाचे

Osnepal May 29, 2021 0

काठमाडौ । लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुनुहुन्छ ।

गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।

वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिनुभयो । चारजना सकुशल रहनुभएको छ । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर