मतदान सकिँनै लाग्दा बाहिरिए देउवा — OSNepal

मतदान सकिँनै लाग्दा बाहिरिए देउवा

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर-नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय सकिँनै लाग्दा प्रधानमन्त्री एवं सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान स्थलबाट बाहिरिएका छन् । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ ।

मतदान सुरु भएसँगै देउवा मतदान स्थलमा नै थिए । मतदान सकिने केही मिनेट मात्र बाँकी रहँदा उनी बाहिरिएका हुन् । ९ बजे मतदानको समय सकिने निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर