भोक नलाग्ने समस्या हटाउन नियमित सेवन गर्नुहोस् रायोको साग यस्ता छन् अन्य फाइदा — OSNepal

भोक नलाग्ने समस्या हटाउन नियमित सेवन गर्नुहोस् रायोको साग यस्ता छन् अन्य फाइदा

LC (KTM) December 15, 2021 0

काठमाडौं – रायोको सागमा पाइन्ने भिटामिन ए, सी र के युक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने
समस्यासमेत हटाउँछ ।

शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ ।जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर