प्रकाशमानमाथि धनराजको आलोचना : पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ , तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ — OSNepal

प्रकाशमानमाथि धनराजको आलोचना : पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ , तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसका उपसभापति पदका उम्मेदवार नेता धनराज गुरुङले पार्टीको १४ औं महाधिवेनमा सभापति पदमा पराजित भएका प्रकाशमान सिंहमाथि आलोचना गरेका छन् ।

नेता गुरुङले बुधबार शेखर कोइराला समुहले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा सिंहलाई भेडाको संकेत गरेका छन् ।
वर्तमान निर्वाचित सभापति शेरबहादुर देउवालाई समर्थन गरेको भन्दै गर्जिएका गुरुङले सिंहले आफ्नो नैतिकता नै बेचेको बताएका छन् ।

उनले भनेका छन् , ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिन । मैले नमान्दा नमान्दै पनि तर एउटा कुरा अचम्म लागेको छ । बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन् । तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ । पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ । तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ ।’

आफुहरुको समुहले ४० प्रतिशत ल्याएकोले आफुहरु फेल नभएको दावी गरेका उनलेभोलीका दिनमा ५१ प्रतिशतको कांग्रेस बनाउने बोध गरेको बताएका छन् ।

‘गणेशमानजी, किसुनजी, महेन्द्रनारायण निधि, बीपी कोइरालाका रगतले मात्र छोरा होइनौं, हामी सबै छोराका दाबेदार हौं । निष्ठाका दाबेदार हौं ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर