२०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइयो — OSNepal

२०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइयो

LC (KTM) December 16, 2021 0

काठमाडौं । गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ ।

सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूमिहीन लाभग्राहीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश छ । कार्यकारी समितिको विभिन्न बैठकबाट कायम भएका भूमिहीन लाभग्राहीमा उपत्यकाअन्तर्गत ललितपुरबाट भने घडेरी खरिदका लागि २ लाख पाउने लाभग्राही ३४ र जिल्ला समन्वय समितिबाट निर्णय भएका आफू बसोबास नै गरेको स्थानमा बसोबास गर्न पाउने भूमिहीन लाभग्राहीको संख्या १ सय ९६ गरेर २ सय ३० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर