देशभर चिसो बढ्दै गएका बेला भोलिबाट नेपालमा मौसम प्रतिकूल हुने, वर्षा र हिमपातको सम्भावना — OSNepal

देशभर चिसो बढ्दै गएका बेला भोलिबाट नेपालमा मौसम प्रतिकूल हुने, वर्षा र हिमपातको सम्भावना

LC (KTM) December 16, 2021 0

काठमाडौं, १ पुस । भोलि शुक्रबारबाट नेपालमा मौसम प्रतिकूल हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार बिहानबाट सुदूरपश्चिम हुँदै पूर्वतिर बादल सर्नेछ । सो क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । ुउक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ,ु महाशाखाले भनेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई(यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर