ओली नेतृत्वको पार्टी पंक्तिको परीक्षाको दिन सुरु भयो — OSNepal

ओली नेतृत्वको पार्टी पंक्तिको परीक्षाको दिन सुरु भयो

LC (KTM) December 16, 2021 0

अछाम, १ पुस -नेकपा एमालेका वरिष्ठ नेता डा. भीम रावलले टुट फुटले कुनै पनि पार्टीलाई फाइदा नहुने बताएका छन् । राजनीतिक दलमा आउने फुटले अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने उनको भनाइ छ ।

अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कम्युनिस्ट आन्दोलन टुट फुट गराउन कतिपय ब्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताए । २०५४ सालमा पार्टी फुट्दाको पीडा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको बताए ।

देशको हितका लागि अझै पनि कम्युनिस्टहरु एक ढिक्का भएर अघि बढनुपर्नेमा उनले जोड दिए ।पार्टीभित्रको विधि पद्धतीप्रति संकेत गर्दै पार्टीभित्रको अराजकता अन्त्य हुनुपर्ने उनको सुझाव छ । हालैमात्र पार्टीको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएकाले ओली नेतृत्वको पार्टी पंक्तिको परीक्षाको दिन सुरु भएको रावलले बताए ।

नेता रावलले संसद नियमित चल्नुपर्नेमा जोड दिए । सरकारका नियमित कामकारबाही चलिरहने गरी सदन अवरुद्ध गर्नुको कुनै अर्थ नरहेको बताए । सदन अवरुद्ध गर्नुले यतिबेला कुनै षड्यन्त्रको खेल भइरहेको उनको आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर