सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको भन्दै ओली पक्षकै नेताले गरे बैठक बहिस्कार — OSNepal

सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको भन्दै ओली पक्षकै नेताले गरे बैठक बहिस्कार

LC (KTM) December 16, 2021 0

विराटनगर, १ पुस -नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक युवा नेतहरूले बहिस्कार गरेका हुन् ।

पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् । जिल्ला कमिटीको सचिवको आकांक्षी रविन थापा र उपसचिवका आकांक्षी सन्तोष वान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् । यस्तै, जिल्ला कमिटी सदस्य सन्तोष वान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

बैठक बहिस्कार गरेर हिडेका प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले जिल्लामा एमालेभित्र सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको बताएका छन् । उनले आगामी आइतबार छुट्टै जिल्ला कमिटीको भेला आयाेजना गर्ने समेत बताएका छन् ।

बैठक बहिस्कार गर्ने नेताहरू सबै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षकै हुन् । यता, जिल्ला कमिटL अध्यक्ष ऋषिकेस पोख्रेलले भने बैठक बहिस्कार गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर