देउवा भेट्न प्रचण्ड बालुवाटार पुगे — OSNepal

देउवा भेट्न प्रचण्ड बालुवाटार पुगे

LC (KTM) December 17, 2021 0

काठमाडौं, २ पुस -नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर