नेतृत्व बदल्न दुवैपल्ट देउवालाई भोट हालिन तरपनि नेतृत्व बदल्न सकेनौं : गगन थापा — OSNepal

नेतृत्व बदल्न दुवैपल्ट देउवालाई भोट हालिन तरपनि नेतृत्व बदल्न सकेनौं : गगन थापा

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले आफुलाई मत नदिने १५ सय मतदाताको मन जित्ने गरी काम गर्ने बताएका छन् । निर्वाचित भएपछि एक कार्यक्रममा सहभागी भएका थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने , ‘मलाई १५ सय साथीले मत दिनुभएन, उहाँहरुको पनि मन जित्नु छ । अब तुरुन्त नीति अधिवेशन गर्नुपर्छ । हामी चार वर्षभन्दा एक दिन पनि बढी बस्दैनौं । कांग्रेसको महामन्त्रीको रुपमा राजनीतिक लाइनको प्रस्तावक, चुस्त दुरुस्त संगठन बनाउने र कुशल व्यवस्थापकका रुपमा रहने मेरो प्रतिबद्धता छ ।’

कार्यक्रममा थापाले अब शेरबहादुर देउवा सबैको सभापति भएको भन्दै मिलेर जानुको विकल्प नभएको बताएका छन् । आफुले दुई चोटी नै देउवालाई भोट नहालेको स्पष्ट पार्दै आफुहरुले नेतृत्व फेर्न चाहेका थिर्यौै तर असफल भएको कार्यक्रममा थापाले स्विकार गरेका छन् ।

उनले भने, ‘इमानदारीपूर्वक भन्नु पर्दा मैले अघिल्लो र यसपल्टका दुवै महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई मत हालेको होइन । मैले पार्टीको नेतृत्व बदल्न चाहेको हो । तर हामीले नेतृत्व बदल्न सकेनौं । प्रयास गर्यौं । त्यसमा आंशिक सफलता मिलेको छ । अब उहाँ पनि सबैको सभापति हो, म पनि सबैको महामन्त्री हुँ । अब हामी मिलेर जानुको विकल्प छैन । सभापतिसँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छ । कुनै पनि बहानामा विधान बाहिर जाने कुरा स्वीकार्य हुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर