जनआन्दोलनका घाइते मुकेशलाई छोएर विश्वप्रकाशले महामन्त्रीको सपथ खाएको वाचा पुरा गर्लान् त ? — OSNepal

जनआन्दोलनका घाइते मुकेशलाई छोएर विश्वप्रकाशले महामन्त्रीको सपथ खाएको वाचा पुरा गर्लान् त ?

LC (KTM) December 18, 2021 0

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई भेट्न पुगेका छन् । बिहीबार सम्पन्न कांग्रेसको मतगणनामा प्रकाशमान सिंह प्यानलका शर्मा महामन्त्रीमा विजयी भएका थिए । महामन्त्रीमा बिजयी भएका शर्मा शुक्रबार बनेपा पुगेका हुन् ।

कायस्थ आफू जस्ता राजनीतिकर्मीलाई जिम्मेवारी बुझ्न र बाटो नबिराउन झकझक्याउने अनुहार भएको उनले बताए। उनले मुकेशलाई छोएर आफूले महामन्त्रीको सपथ लिएको बताए ।

‘आज पुस २ गते महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभुति गर्न र इमान्दार ढंगले कार्य गर्न म उनै मुकेश कायस्थ र उनलाई जन्म दिने मातापितालाई छोएर सपथ खान आएको आएको छु’ शर्माले भने ।

कांग्रेसका कसैले पनि द्वन्द्वमा प्रताडना भोगेकालाई बिर्सन नमिल्ने बताए । उनीहरु जस्तैका कारण देशमा गणतन्त्र आएको बताउँदै उनले आफूले छोएर सपथ लिने र द्वन्द्वको अवस्था देशमा कहिल्यै नआउने गरि राजनीतिमा सुधार गर्न आवश्यक रहेको बताए । ‘व्यवस्था ठिक छ, अवस्था सुधार गर्ने कुरामा हामी छौं’ उनले भने ।

जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर