अन्तर जातीय विवाह गरेकै कारण हुम्लाका एक युवालाई कुटपिट गरी बेपत्ता गराइयो — OSNepal

अन्तर जातीय विवाह गरेकै कारण हुम्लाका एक युवालाई कुटपिट गरी बेपत्ता गराइयो

LC (KTM) December 19, 2021 0

मुगु स् अन्तर जातीय विवाह गरेकै कारण हुम्लाका एक युवालाई केटी पक्षका मान्छेले कुटपिट गरी बेपत्ता बनाएको आरोप लगाएका छन्। सर्केगाड गाउँपालिका(१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए।

मंसिर २९ गते केटी पक्षका मान्छे कामीको घरमै पुगी केटा केटी दुबैलाई माइती घरमा ल्याइ कुटपिट गरी कामीलाई तल्लो जातको मान्छेले ठकुरीको छोरी भगाएको भन्दै बेपत्ता बनाएको कामीका आफन्तले आरोप लागएका छन्।

ुठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षकाले छोरोलाई निर्घात कुटपिट गर्नुका साथै तीन दिनदेखि बेपत्ता पारेका छन्। घरमा तोडफोड गरेका छन्ु, चन्द्रेका बुवा धनन्जय कामीले भने, ुघरमा आएर युवायुवतीलाई माइती पक्षले अपहरण शैलीमा लगेका छन्। सुन्तली उनकै माइतीमा भए पनि मेरो छोरा तीन दिनदेखि बेपत्ता छ।ु

तर सुन्तली मल्ल भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। युवकलाई अझै भेटाउन सकिएको छैन। खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।अन्नपुर्ण पोष्टमका खबर छ । छोराले गत मङ्सिर ५ गते मल्ललाई घरबाटै भगाइ आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करीब २० जनासम्मको समुहले मङ्सिर २९ गते बुधबार रातीको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाइ आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घात कुटपिट गरेको आरोप बुवा कामीले लगाए।

चन्द्रेका बुवाले भने, ुअन्तर जातीको युवती विवाह गरेका कारण छोराले कुटाइ खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरे। आजसम्म भेटाउन सकिएको छैन। खै छोरालाई कुन नदीमा फाले होलान् अत्तोपत्तो छैन।ु

कामी र मल्ल जात नमिल्ने भएर भागी विवाह गरेका थिए। उनीहरु भागेको दिनदेखि माइतपक्षको धम्की सहँदै आउनुपरेको थियो। माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाको वडा २ को रीप गाउँमा बस्दै आएको धनन्जयले बताए।

यता लिप्रुका माइती पक्षले खोजिरहेको भए पनि भेटाउन सकेका थिएनन्। पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आऊ भेटौं भनेर बोलाएपछि उक्त जोडी घरमा गएका हुन्।

बुधबार राती मात्रै युवकको घरमा माइतीपक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए। हुम्लाबाट युवा र युवतीलाई लिएर मुगु पुगेको भए पनि युवती सम्पर्कमा आएको र युवा अझै बेपत्ता पारिएका छन्। घटना भए लगत्तै छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफूले पुस १ गते प्रहरीलाई जानकारी गराएको उनले बताए। घटनाको विषयमा प्रहरीलाई जानकारी भएलगत्तै ६ वडा प्रहरीको टोली घटनास्थल आसपासमा खटिइ अनुसन्धान र खोज तलास गरिरहेको छ।

प्रहरी नायव उपरीक्षक हेरम्बु शर्माले घटनाको जानकारी हुने बित्तिकै खोजीको लागि व्यापक रुपमा प्रहरी परिचालन गरेको बताए। तीन वर्षदेखि दुबै जना प्रेम सम्बन्धमा थिए। विपाहिछि केटी पक्षकाले तल्लो जातको मान्छेले ठकुरीको छोरी विवाह गरेको भन्दै केटोलाई कुटपिट गरी बेपत्ता बनाएको र छोरीलाई घरमै राखेको जानकारी पाएको सर्केगाट(१ का अध्यक्ष गोकुल बुढाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर