गाईले झुक्याएर सुनको सिक्री निलेपछि तनावमा यो परिवार — OSNepal

गाईले झुक्याएर सुनको सिक्री निलेपछि तनावमा यो परिवार

LC (KTM) December 20, 2021 0

काठमाडौं । दीपावलीमा गाईको पूजा गर्दा लगाइदिएको सुनको सिक्री निलेपछि एक परिवार तनावमा आएको छ । खबर हो भारतको कर्नाटक राज्यको । भारतको कर्नाटक राज्यको सिरसीमा श्रीकान्त हेगडेले दीपावलीमा गाईको पूजा गर्दा लगाइदिएको सुनको सिक्री नै निलेपछि एक महिना तनाव झेले ।

उनीहरुले ३५ दिनसम्म सुनको सिक्री गोबरमार्फत ननिस्किएपछि सो परिवारले पशु चिकित्सकसँग यसबारे परामर्श लिएको बताइएको छ । पशु चिकित्सकले गाईलाई शल्यक्रिया गरेर सिक्री झिक्न सुझाव दिएसँगै उक्त परिवारले चिकित्सकको सल्लाह मानेका छन् ।

हेगडे परिवारले आफ्नो सानो गल्तीका कारण गाईले कष्ट व्यहोर्नु परेकोमा चिन्ता प्कट गरेका छन् । , २० ग्रामको सुनको सिक्री गाईको पेटबाट निकाल्दा १८ ग्राममात्र पाइएको उक्त परिवारले जनाएको छ । शल्यक्रिया पश्चात उक्त गाईको स्वास्थ्य भने दिनदिनै बिग्रिदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर