संरक्षित वन्यजन्तु गैंडाको खाग सहित भक्तपुरका भिम तमाङ सहित ६ जना बौद्धबाट पक्राउ — OSNepal

संरक्षित वन्यजन्तु गैंडाको खाग सहित भक्तपुरका भिम तमाङ सहित ६ जना बौद्धबाट पक्राउ

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो देखिने १ किलो १० ग्राम तौल भएको वस्तु सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे बेदान गाउँपालिका(४ बस्ने ४१ वर्षीय वीरमान तमाङ, काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने ४२ वर्षीय बेद बहादुर दनुवार, पाँचखाल नगरपालिका-३ घर भई सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय सोहन कार्की,पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका-५ घर भएका ३२ वर्षीय भिम तमाङ रहेका छन् ।

गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले निजहरुलाई उक्त खागसहित काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु उपर थप कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर