धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गर्ने : पर्यटन मन्त्री आले — OSNepal

धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गर्ने : पर्यटन मन्त्री आले

LC (KTM) December 21, 2021 0

कैलाली ६ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताएका छन् ।

नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिए । उनले भने, “यसमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको छु ।”

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायअन्तर्गतको नाथमबाट सुदूरपश्चिम प्रदेशमा सरकारी कलेज सञ्चालन गर्न गइरहेको उनले बताए । मन्त्री आलेले उक्त सरकारी कलेज सञ्चालन गर्ने कार्य आफ्नो कार्यकालभित्र सुरु हुने गरी काम अगाडि बढाएको र तत्काकै सर्भेका लागि केन्द्रबाट टोली आइरहेको जानकारी दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कार्यालय स्थापना गर्नका लागि अनौपचारिक, औपचारिक सहयोग गरिसकेको र अझै कार्यालय थप विस्तार गर्नका लागि गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे । उनले कार्यालयको स्थापनाले सानोभन्दा सानो कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य भएको बताए ।

आर्थिक मामिला मन्त्री तारा लामा तामाङले पर्यटन नै सुदूरपश्चिम प्रदेशलाई चिनाउने सबल माध्यम भएकाले प्रदेशको दिगो आर्थिक विकासमा प्रदेश सरकार लागिपरेको बताए । नेपाल पर्यटन वोर्ड आन्तरिक पर्यटन पुनर्उत्थान समिति सुदूरपश्चिम प्रदेशका संयोजक तथा नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्व, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर