एमसीसीले मुलकुमा गरीबी निवारणमा मद्दत पुग्छ : गृहमन्त्री खाँड — OSNepal

एमसीसीले मुलकुमा गरीबी निवारणमा मद्दत पुग्छ : गृहमन्त्री खाँड

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग परियोजना एमसीसीले गरीबी निवारणमा मद्दत पुग्ने बताएका छन् ।

मंगलबार जनकपुरमा संचारकर्मीहरुसँग बोल्दै मन्त्री खाँडले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले एमसीसी परियोजना अगाडी बढाउनु सरकारको दायित्व भएको भन्दै सरकार एमसीसीको पक्षमा भएको स्पष्ट पारेका छन् ।

सत्तारुढ दल नेपलाी कांग्रेसका नेता समेत रहेका खाँडले यस अघिका सरकारले एमसीसी परियोजनाका सबै प्रकृयाहरू अगाडि बढाइसकेकोले वर्तमान सरकारले यसलाई अगाडी बढाएर पास गर्नु अहिलेको सरकारको दायित्व भएको समेत बताएका छन् ।

अमेरिकी सरकारले एमसीसीमार्फत नेपालमा गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेबाहेक अन्य उद्देश्य नरहेको दावी गरेका उनले सरारले भन्द्या पनि सबे दलहरुको सहमतिमा मात्र एमसीसी प्रक्रिया अगाडी बढाइने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर