तनहुँमा उत्पादन भएको सुन्तला बजारमा पठाउने तयारी गर्दै किसान — OSNepal

तनहुँमा उत्पादन भएको सुन्तला बजारमा पठाउने तयारी गर्दै किसान

LC (KTM) December 21, 2021 0

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकमा उत्पादन भएको सुन्तला नापतौल गरी बजारमा पठाउने तयारी गरिँदै ।

दुई अध्यादेश स्वीकृत-प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ ।बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।

उक्त दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर