आफु नेकपा एमालेको वरिष्ठ नेता हुँ भन्दै नेपालले गरेको यो हस्ताक्षर प्रति थापाको आपत्ती — OSNepal

आफु नेकपा एमालेको वरिष्ठ नेता हुँ भन्दै नेपालले गरेको यो हस्ताक्षर प्रति थापाको आपत्ती

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले पार्टीबाट निष्काशन भएपछि पनि एमालेकै वरिष्ठ नेता भनेर हस्ताक्षर गर्दै हिड्नु अनाधिकृत कार्य भएको टिप्पणी गरेका छन् । आज कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पाँच दलको बैठक पछि जारी गरिएको विज्ञप्तीमा नेता माधव नेपालले नेकपा एमालेको वरिष्ठ नेता भन्दै हस्ताक्षर गरेको विषयमा ओलीका सल्लाहाकार थापाले आपत्ती जनाउँदै टिप्पणी गरेका हुन् ।

थापाले ट्वीटर मार्फत विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ। नेकपा९एमाले०मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै नखाटाएको बताएका छन् ।आज कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, माधव नेपाल समूह र जनमोर्चाको विपक्षी गठबन्धनको छलफल भएको थियो ।

उनले लेखेका छन्-‘अनाधिकृत कार्य( विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ। नेकपा९एमाले०मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन। अझै विधि र पद्धति !’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर