गृहजिल्लामा कांग्रेस महामन्त्री शर्माको भव्य स्वागत, हेर्नुहोस् फोटोफिचर — OSNepal

गृहजिल्लामा कांग्रेस महामन्त्री शर्माको भव्य स्वागत, हेर्नुहोस् फोटोफिचर

LC (KTM) December 22, 2021 0

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मालाई गृहजिल्ला झापामा भव्य स्वागत भएको छ । नेता कार्यकर्ताले पञ्चेबाजा, आदिवासी सन्थाल जातिको बाजा र नाचसहित स्वागत गरेका हुन् ।

सभामुख–एमाले विवादको चपेटामा संसद् : के होला मिलनबिन्दु ? : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद सहज रुपमा सुचारु हुन सकेको छैन । संसद बैठकमा एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले ‘जबरजस्ती’ संसद चलाइरहेका छन् । प्रमुख प्रतिपक्षको रचनात्मक भूमिका सांसदमा हुनु पर्ने भए पनि एमाले संसदमा आक्रामक रुपमा प्रस्तुत भएको छ । जसका कारण संसदमा नियमित रुपमा सभामुख विरुद्ध नै नाराबाजी हुने गरेको छ । सभामुखले समान व्यवहार नगरेको आरोप एमालेको छ ।

आफनो दलले कारबाही गरेका सांसदबारे सभामुख सापकोटाले सूचना टाँस नगरेको र त्यसका कारण आफ्नो दल फुटेको भन्दै एमाले विशेष गरि सभामुख सापकोटासँग क्रुद्ध बनेको छ । तर, सभामुख सापकोटाले भने आफ्नो तर्फबाट कुनै गल्ती नभएको र अदालतमा विचारधीन विषयमा संसदमा बहस गर्न नमिल्ने बताउँदै आएका छन् । प्रतिनिधि सभाको ९ औं अधिवेशनको भदौ २३ गते बसेको पहिलो बैठक यता प्रमुख प्रतिपक्षी दलले निरन्तर संसदमा अवरोध काय राख्दै आएको छ । अहिले प्रतिनिधि सभाको १० औं अधिवेशन चलिरहेको र एमाले अवरोध पनि कायम छ ।

सभामुखले सूचना टाँस नगरेको भनेर रिसाएको एमालेले अहिले पनि आफ्नो माग सम्बोधन गर्न भनेको छ र आफूले कारबाही गरेका सांसद बैठकमा उपस्थित रहेको भन्दै बिरोध जनाइरहेको छ । गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेक्रममा अनुपस्थित भएका एमालेका सांसदहरु मध्ये केहीलाई स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण सोधिएको भए पनि कारबाही वा अन्य कुनै निर्णय भएको थिएन तर शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन ३२ गते चालु अधिवेशन अन्त्य गरेपछि एमाले आत्तियो । दल विभाजनलाई सहज हुने गरि अध्यादेश ल्याइन लागेको आशंकाकाबीच उसले पहिला सोधिएको स्पष्टीकरणलाई आधार बनाउँदै १४ जनालाई पार्टीबाट निष्काशन गरेको थियो। भदौ १ गते संसद् सचिवालयमा दर्ता गराएको निष्काशनको सूचनामा उनीहरुलाई साउन २५ गते नै निष्काशन गरिएको उल्लेख गरिएको थियो ।

अध्यादेश जारी भए पनि दल विभाजन सहज नहोस् भन्नका लागि एमालेले यस्तो उपाय निकालेको थियो । सचिवालयमा दर्ता भएको सूचनालाई सभामुखले टाँस गर्नु पर्ने भए पनि उनले त्यसका लागि कुनै आदेश दिएनन् । भदौ १ मै सिफारिस भएको अध्यादेश भदौ २ मा जारी भयो । र भदौ ९ मा एमाले विभाजित भयो । माधव नेपालको नेतृत्वमा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी पार्टी गठन भयो । जो अहिले सत्ता गठबन्धनमा रहेको छ ।

आफ्नो दलबाट पहिल्यै निष्काशनमा परेका सांसदहरुको सहभागितामा उक्त पार्टी गठन भएको भन्दै एमालेले एकीकृत समाजवादीका सांसदलाई मान्न नसकिने बताउँदै आएको छ । संसदका अधिवेशनमा झडपकै अवस्था समेत बन्न गएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक नबोलाएका होइनन् तर एमालेले आफूले कारबाही गरेका सांसद र एकीकृत समाजवादी उपस्थित हुने बैठकमा सहभागी नहुने भन्दै बहिस्कार गर्दै आएको छ ।

सभामुखले बोलाएको मात्र होइन प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत एकीकृत समाजवादीका नेताहरु उपस्थित भएको भन्दै उसले अस्वीकार गर्दै आएको छ । सभामुख सापकोटाले भने आफूले प्रचलित कानुन अनुसार निर्णय गरेको र यस विषयबारे अदालतलमा मुद्दा चलिरहेको बताउँदै आएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षले उठाएको विषयमा मैले प्रचलित कानुनका प्रावधानका आधारमा रही निर्णय लिएको हो। हाल यो विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । साथै, नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा संघीय संसद्को कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको व्यहोरा जानकारी गराउँछु । त्यसैगरी प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ का प्रावधानहरु समेत यहाँहरुलाई समेत जानकारी छ भन्ने कुरामा समेत म विश्वस्त छु’, उनले भनेका थिए ।

एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई बायस गरेर अघि नबढ्न चेतावनी दिँदै आएका छन् । एकीकृत समाजवादीलाई दल नै स्वीकार नगर्ने एमाले रवैयाले संघीय संसद सहज रुपमा सुचारु कहिले हुने भन्ने प्रश्न उब्जिएको छ । सभामुख एमाले विवादको चपेटामा परेको संसद सहज रुपमा सुचारु हुन मिलनबिन्दुको खोजी हुनु पर्ने हो तर त्यसका लागि प्रधानमन्त्रीले पनि ठोस पहल गरेको दिएको छैन भने सार्वभौम संसदले पनि त्यसमा ठोस भूमिका खेल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर