आफूलाई ५८ लाखमा बेच्न खोजेका यि २६ वर्षका युवक एक्कासी कसरी पुगे जेल ? यस्तो छ भित्री कथा — OSNepal

आफूलाई ५८ लाखमा बेच्न खोजेका यि २६ वर्षका युवक एक्कासी कसरी पुगे जेल ? यस्तो छ भित्री कथा

LC (KTM) December 23, 2021 0

काठमाडौं । एक २६ वर्षीय युवकले आफूलाई ५८ लाखमा बेच्ने कसरतमा लागेका बेला उनी समातिएका छन् । खबर हो नाइजेरियाको ।
हिस्बाहमने रुपमा चिनिएको इस्लामिक प्रहरीले आफूलाई २ करोड नाइजेरियाली नारा अर्थात् ५८ लाख रुपैयाँमा बिक्री गर्न खोज्ने ति युवकलाई फिल्मी सैलीमा समात्न सफल भएको छ ।

अलियु ना इड्रिसले सुरुमा राष्ट्रिय संचार माध्यममा अक्टोबरको अन्त्यमा शीर्षक पाए । उक्त समयमा उनी कारो नामको सडकमा बिक्रीको कार्डबोर्डसहित हिँडिरहेको देखिएका थिए । उनले कार्डबोर्डमा ‘दिस म्यान इस फर सेल २००००००० एन’ लेखेपछि उनी प्रहरीको नजरमा पनि परे ।

गरिबीको कारण देखाउँदै उनले आफूलाई बिक्रीको प्रयास गरेका ति युवकले आफू बेचिएपछि यसबाट आएको पैसा आफ्ना परिवारलाई दिन चाहान्थे तर उनको सपना अधुरो नै भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

अलियूले ‘आफूलाई बिक्री गर्ने निर्णय गरिबी कै कारण गरेको प्रतिक्रिया दिएका छन् । ति युवकले आँफुलाई किन्ने मानिस पाए भने मेरा अभिभावकलाई १ करोड नारा दिनेछु र ५० लाख नारा सरकारलाई करको रुपमा दिने बताए पनि उनको सपना भने हुन नसकेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर