गुडिरहेको कारमा यी ३३ वर्षीया महिलाले दिइन् बच्चालाई जन्म, सिटमा नै बच्चा जन्माएको यो हो विश्वकै पहिलो घटना — OSNepal

गुडिरहेको कारमा यी ३३ वर्षीया महिलाले दिइन् बच्चालाई जन्म, सिटमा नै बच्चा जन्माएको यो हो विश्वकै पहिलो घटना

LC (KTM) December 23, 2021 0

न्युयोर्क। अमेरिकामा एक दम्पतीलाई टेस्लाको गाडीभित्रै सन्तान लाभ भएको छ । अमेरिकी विद्युतीय कार टेस्लाभित्रै शिशुको जन्म भएको हो । शिशुलाई संसारकै पहिलो टेस्ला बेबी नाम दिइएको छ।

फिलाडेल्फियाका ३३ वर्षीया यिरान शेरी र उनका ३४ वर्षीय पति किटिङ कारमा यात्रा गरिरहेका बेला अकस्मात शेरीलाई सुत्केरी बेथा लाग्यो । दुर्भाग्यवश, त्यही बेला उनीहरु ट्राफिक जाममा परे।

यात्राकै समयमा बीच बाटोमा सुत्केरी व्यथा लागेपछि र जाममा परेपछि उनीहरुलाई लाग्यो अब समयमै अस्पताल पुगिदैन् । तसर्थ उनीहरुले गाडिलाइ अटोपाइलट मोडमा राख्ने निधो गरे ।

उनीहरु फसेको स्थानबाट २० मिनेटको दूरीमा अस्पताल थियो । त्यसपछि किटिङले प्रसुतिका लागि श्रीमतिलाई सहयोग गरे । ‘उनले मेरो हात जोडले समाएकी थिइन् । मैले उनलाई आफ्नो सासमा ध्यान दिन आग्रह गरे, ताकी उनी शान्त रहुन,’ केटरिङले भने ।

केही समयमा नै उनले गाडीभित्रै शिशु जन्माइन् । उनीहरुले बच्चाको सालनाल पनि गाडिभित्रै काटे । अटोपाइलट मोडमा रहेको गाडी त्यतिबेलासम्म अस्पतालमा पुगिसकेको थियो ।

दम्पत्तीले आफूहरुको भोगेको समस्या सुन्दा अस्पतालका कर्मचारी पनि दंग परेका थिए । लगत्तै एक कर्मचारीले भने, ‘टेस्ला बेबी’ भनेका थिए । चिकित्सकहरुले बच्चा स्वस्थ भएको जानाकारी दिएपछि यो दम्पती खुसीले फुरुङ्ङ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर