फेसबुकमा चिनजान भएकी प्रेमीकालाई लिन हेलिकोप्टर चार्टर्ड गरेर गएका प्रेमी रातारात बने भाइरल — OSNepal

फेसबुकमा चिनजान भएकी प्रेमीकालाई लिन हेलिकोप्टर चार्टर्ड गरेर गएका प्रेमी रातारात बने भाइरल

LC (KTM) December 23, 2021 0

काठमाडौँ । हिजोआज फेसबुकबाट हुने चिनजान धेरै जसो विबाहमा परिणत हुन थालेका छन् । जसको पछिल्लो उदाहरण हरिवननगरपालिका– १ भोक्टेनी निवासी झरीलाल यादवका २३ वर्षीय छोरा अरोज यादव र मंलगवा नगरपालिका–३ निवासी श्यामबाबु रायको छोरी २१ वर्षीय छोरी गुडी यादव बने । करिब दुई बर्षदेखि फेसबुकबाट सुरुवात भएको चिनजान केही महिनामै प्रेममा परिणत गर्दै यो जोडी अहिले संसारभर भाइरल बनिरहेको छ । फेसबुकमा प्रोफाइल फोटो मनपरेपछि मैले दोस्तीको लागि अनुरोध गरेकोेथिए तर मैसेज गरेको ७ पछि मात्र रिप्लाई आएको दुल्हा अरोज यादवले अहिले हेलिकोप्टर चार्टर्ड गरेर बिहे गरेसँगै यि दुई सामाजिक संजालमा छाएका छन् ।

डेढ वर्षपछि प्रेम सम्बन्धपछि बिहे गर्ने निधो गरेका यि जोडीले आफ्नै जातका भएकाले प्रेम बारे आ–आप्mनो अभिभावकलाई प्रेम सम्बन्धबारे बताइएसँगै विबाहको निर्णयमा पुगेको उल्लेख गरेका छन् । बिहेका लागि दुवैले आफनो अभिावकलाई भनेपछि सुरुमा अनाकानी गरे । तर, हामीकुनै शर्तमा अरूसँग बिहे गर्दैनौं भनेपछि अन्त्यमा अभिभावक सहमत भएको दुल्हा अरोज यादवले बताए । छोरीले घरमा प्रेमबारे भनेपछि सुरु सुरुमा रिष समेत उठयो । तर, केटा आफ्नै जातको पढेलेखेको संस्कारी र घरपरिवार सबै राम्रै भएको थाहा पाएपछि आफू पनि बिहेका लागि सहमतभएको दुल्हीको बुबा श्यामबाबु रायले बताए ।

केटीपक्षको परिवार समेत राम्रो भएको र छोराले मन पराएपछि आफूले बिहेका लागि सहमतभएको दुल्हाको बुबाझरीलाल यादवले बताए । २ लाख रुपिया एउटा सामान्य परिवारकालागि धेरै ठूलो रकम भएपनि छोरा बुहारीले हेलिकोप्टर चढने चाहना देखाएपछि २ लाखखर्च गरेर हेलिकोप्टर चार्टर्ड गरेर विबाह गरेसँगै यो जोडी अहिले चौतर्फी चर्चाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर