३ सय किलो तौलका कारण चिन्तित यि मोटीको तौल सय किलो कसरी घट्यो ? देख्नेजती सबै अचम्ममा परे — OSNepal

३ सय किलो तौलका कारण चिन्तित यि मोटीको तौल सय किलो कसरी घट्यो ? देख्नेजती सबै अचम्ममा परे

LC (KTM) December 23, 2021 0

एजेन्सी -मोटोपन भएर धेरै मानिसले हैरानि खेप्नु परेको छ । मोटोपना घटाउनका लागि धेरै मानिसहरुले डाइटिगं गरेका हुन्छन । मोटोपना भइसकपछि धेरै मानिसहरु चिन्तामा हुन्छन् तर भारतमा भने एक महिलाले ३०० किलो तौल घटाएर ८६ किलोमा झारेकी छिन। भारतकी ४२ बर्षीया अमिता राजानी नाम गरेकी एक महिलाले ४ बर्षमा ठुलो मेहनत गरेर एकैपटक ३०० किलो तौल घटाएर ८६ किलोमा झार्न सफल भएकी छिन् ।

उनि जन्मदा ३ किलो भएपनि उमेर बढ्दै जादा अस्वभाविक रुपमा तौल बढदै गएको थियो। तौल बढ्दै गएपछि उनि निकै चिन्तामा रहिन । तौल पनि यति बढ्योकी अमिता १६ बर्षको हुदा उनको तौल १२६ किलो भयो । उनको त्यो तौल देख्दा उनि आफैलाई आत्मग्लानी हुन्थ्यो । अमिता मोटोपनाको कारण मधुमेह , निमोनिया , मृगौला सम्बन्धी रोग , मानसिक तनाव जस्ता विभिन्न समस्याले गुज्रिरहेकी थिइन्। उनले आफ्नो तौल घटाउनका लागि २ चरणमा सर्जरी गराएकी छिन् ।

पहिले मेटाबोलिक सर्जरी गराए पछि उनको शरीरमा सुधार आउदै गयो र दोस्रो पटकको सर्जरीमा उनको ग्यास्ट्रिक बाइपास गरिएको हो । उक्त समयमा अमिताको शारीरिक तौल ३०० केजीबाट घटेर १४० पुगेको थियो । अन्तत विभिन्न सर्जरी र शारीरिक ब्यायामले गर्दा उनले ३०० बाट आफ्नो शरीरको २१४ किलो वजन घटाई ८६ किलोमा झारेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर