हाम्रो सरकार विभिन्न जालेझेल गरेर ढाले अनि गठबन्धनको नाममा निकम्मा सरकार बनाए : ओली — OSNepal

हाम्रो सरकार विभिन्न जालेझेल गरेर ढाले अनि गठबन्धनको नाममा निकम्मा सरकार बनाए : ओली

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार विभिन्न जालझेल गरी ढालेको आरोप लगाएका छन् । बिहिबार पर्साले जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘हाम्रो सरकार विभिन्न जालेझेल गरेर ढाले अनि गठबन्धनको नाममा निकम्मा सरकार बनाए ।’ ओलीले भने ।

यो निकम्बा सरकारलाई जनताप्रति, विकासप्रति केहि मतलब छैन भन्दै आक्रोश पोखेका ओलीले भने , ‘मुद्रास्फिती बढेको छ, वैदेशिक मुद्राको सञ्चितीमा समस्या आएको छ । बैंकमा जाँदा पैसा छैन ।’

अहिलेको सरकार जनताले नबनाएको ओलीले दावी गरेका छन् । आफ्नो सरकारले अत्यधिक धेरै पुलहरु बनाएको , साढे ४ सय बाटो बनाएको पूर्वपश्चिम राजमार्गलाई चौडा गर्ने काम शुरु दावी समेत ओलीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर