आगोसँग खेल्दा, बालुवाटारबाट बालकोट गयो, छ वटै प्रदेशबाट मुख्यमन्त्री चट ! — OSNepal

आगोसँग खेल्दा, बालुवाटारबाट बालकोट गयो, छ वटै प्रदेशबाट मुख्यमन्त्री चट !

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग खेल्दाको नतिजा थाहा भयो भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भनेका छन् ।

काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओली माथि कटाक्ष गरेका हुन् ।

माओवादी आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोट पुगेको बताउँदै जति धाक लगाएपनि आउँदो चुनावमा जनताले एमालेका औकात देखाउने प्रचण्डले बताएका छन् ।

‘संसदमा मैले भनेको थिएँ– माओवादी वा क्रान्तिकारी कम्युनिष्टहरुलाई हल्का रुपमा नहेरियोस् । सम्झिनुभएको होला । आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ । के भयो आगोसँग खेल्दा, बालुवाटारबाट बालकोट गयो, छ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । ‘ओलीलाई लक्षित गर्दै प्रचण्डले भने ।

समाजवादको नयाँ युगतर्फ अघि बढ्नुपर्ने बताएका प्रचण्डले ‘सबै कमरेडहरुलाई जनताको घरदैलोमा गई बेपत्ता र घाइतेका परिवारमा गएर भेटघाट गरी विगतमा भएको त्रुटीलाई सच्याउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर