पहिलोपटक सन्तबहादुर बने चेपाङ समुदायबाट मन्त्री — OSNepal

पहिलोपटक सन्तबहादुर बने चेपाङ समुदायबाट मन्त्री

LC (KTM) December 24, 2021 0

हेटौंडा, ९ पुस – पहिलो पटक लोपोन्मुख चेपाङ समुदायबाट मन्त्री बनेका छन् । बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् । शुक्रबार बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङका चेपाङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका हुन् । सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । उनले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

यी हुन् चुनाव जित्ने कांग्रेस शीर्ष नेताका पत्नी : नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ । बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेताका पत्नी निर्वाचित भएर आएका छन् ।

पदाधिकारीमा युवाको दबदबमा रहेको नयाँ केन्द्रीय समितिमा शीर्ष नेताका पत्नीदेखि छोराछोरीसम्म प्रतिस्पर्धामा थिए । सुरुमा त सभापति शेरबहादुर देउवाकै पत्नी आरजु राणा देउवाको नाम आउँछ । छोरा जयवीरलाईसमेत राजनीतिमा अवतरण गराइसकेका बेला देउवाकी पत्नी आरजु यसपालि केन्द्रीय सदस्यमा चुनाव लडिन् ।

खुला महिलातर्फ तीन नम्बरमा २५३६ मतसहित निर्वाचित भइन् । १५औं महाधिवेशनमा आरजु महामन्त्रीमा उठ्दै देउवाको विरासत अगाडि बढाउने चर्चा कांग्रेसमा छ । दोस्रोमा गृहमन्त्री एवं सर्वाधिक तेस्रो मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित बालकृष्ण खाणकी पत्नीले पनि चुनावमा जित हासिल गरेकी छन् । महिला संघकी महासचिवसमेत रहेकी गृहमन्त्री पत्नी मञ्जु खाणले महिला खस आर्यतर्फ सर्वाधिक मत ल्याएर प्रथम स्थानमा निर्वाचित भइन् ।

यस्तै, कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काका पत्नी शिला खड्का पनि भुगोलतर्फ लुम्बिनीबाट २६७३ मतसहित निर्वाचित भइन् । खुमबहादुरको निधनपछि शिला र उनका छोरा अनुराग कांग्रेसको राजनीतिमा होमिएका छन् । शिलालाई सभापति देउवाले यसअघि खुमबहादुरको निधनपछि केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा २१३८ मतसहित विजयी भएका छन् । रामवरणकी भतिजी एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव भने पराजित भएकी छन् । कांग्रेसको पराजित हुने सूचीमा चर्चित नेताहरुसमेत रहेका छन् । विजयकुमार गच्छदार, महेश आचार्य, चन्द्र भण्डारी, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, गिरिजापुत्री सुजाता कोइराला, पूर्वमन्त्री हृदयराम थानीलगायतले पराजय व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर