‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित, ३० वर्षदेखि एकछत्र नेतृत्व — OSNepal

‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित, ३० वर्षदेखि एकछत्र नेतृत्व

LC (KTM) December 26, 2021 0

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ ।

तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको छ ।

प्रदेश कमिटीको नेतृत्व चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि पार्टीले निर्वाचनमार्फत् नै नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो । राष्ट्रिय सम्मेलनलाई माओवादीले नयाँ नेतृत्व चयन, विचार र आगामी भावी कार्यदिशा चयनमा केन्द्रित हुने बताएको छ । सोहीअनुरूप अध्यक्ष प्रचण्डले सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा प्रस्तुत गरिसक्नुभएको छ ।

आगामी नेतृत्व चयनको विषयलाई लिएर माओवादीभित्र बहस शुरू भएको छ । अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरी अध्यक्षमा कुनै पनि नेताले दाबी नगर्ने भएपछि प्रचण्ड पुनः अध्यक्ष हुनुहुने भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर