अध्यक्ष प्रचण्डको निम्तोलाई ओलीले गरे अस्विकार — OSNepal

अध्यक्ष प्रचण्डको निम्तोलाई ओलीले गरे अस्विकार

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सहभागिता नजनाउने भएका छन् ।

राष्ट्रिय सम्मेलनमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले अध्यक्ष ओलीलाई फोन गरेका थिए ।तर अध्यक्ष ओलीले आफु झापामा भएकाले कारण महाधिवेशनमा सहभागी हुन नसक्ने जानकारी गराएका हुन् ।

आफ्नो ठाउँमा ओलीले पार्टीका महासचिव शंकर पोखरेललाई पठाउने भएका छन् । माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुने भएको छ ।

यस अघि चितवनमा भएको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्ड गएका थिएनन् भने उनले आफ्नो स्थानमा अरसमारोहको उद्घाटन स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएका थिए ।

एमालेसिहत माओावादी केन्द्रले ११ राजनीतिक दलका नेताहरुलाई राष्ट्रिय महाधिवेशनमा निम्तो दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर