एमसीसी नेपालको हितमा छ, यो सित्तैमा आएको पैसा हो बुझ्नुपर्‍यो क्या ! म देशको प्रधानमन्त्री हो राष्ट्रघाती सम्झौता गरौँला त ? — OSNepal

एमसीसी नेपालको हितमा छ, यो सित्तैमा आएको पैसा हो बुझ्नुपर्‍यो क्या ! म देशको प्रधानमन्त्री हो राष्ट्रघाती सम्झौता गरौँला त ?

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन रुत्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती भन्दै प्रश्न गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एससीसीको विरोधमा लागेकाहरुलाई यस्तो प्रश्न गरेका हुन् ।

एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ?,” उनको प्रश्न थियो, ‘म पनि देशको प्रधानमन्त्री हो राष्ट्रघाती सम्झौता गरौँला त ? नेपालको हितमा छ सित्तैमा आएको पैसा हो बुझ्नुपर्‍यो क्या !’ देउवाले सम्बोधनमा भने ।

सम्बोधनमा एमसीसी राष्ट्रघाती नभएको बताएका उनले गठवन्धन एमालेका अध्यक्ष केपी ओली विरुद्ध नभएको बताएका छन् ।

‘हामी मिल्न त पाउछौँ नि,यो ओलीका विरुद्धमा होइन ।’ उनले भने ।

देउवाले आफु पनि प्रजातन्त्रका लागि लडेको मान्छे भएको भन्दै आफुले राष्टघात नगर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर