एमाले र माओवादीबीच एकता भएर गठन भएका नेकपा विभाजन कसले गरायो ? — OSNepal

एमाले र माओवादीबीच एकता भएर गठन भएका नेकपा विभाजन कसले गरायो ?

LC (KTM) December 26, 2021 0

काठमाडौं, ११ पुस-नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मात्रिका यादवले राजनीतिक दलमा पुस्तान्तरणको कुरा पुँजीवादी शैली रहेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अनुभवी नेतालाई हटाएर नजानेका नेतालाई नेतृत्व दिने विषय पुँजीवादी शैली रहेको बताए ।क्रान्तिलाई बीच बाटोमा छाडेर जाने विषय उचित नरहेको भन्दै उनले एमाले र माओवादीबीच एकता भएर गठन भएका नेकपा विभाजन कसले गरायो ? प्रश्न गरे ।

‘प्रचण्डजी समाजवादी क्रान्तिमा सहमत हुनुभयो । कोही प्रधानमन्त्री बन्न एकता गर्नुभयो’, उनले भने, ‘सबै कुरा सर्वसर्वा भनेर नमान्दा विभाजन भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर