सिरहाका एसपी पाण्डेलाई बजारको बीच चोकमा लगेर जनकारबाही गर्ने सीके राउतको धम्की — OSNepal

सिरहाका एसपी पाण्डेलाई बजारको बीच चोकमा लगेर जनकारबाही गर्ने सीके राउतको धम्की

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । जनमत पार्टीका अध्यक्ष सिके राउतले सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने भन्दै चेतावनी दिएका छन् ।

किसानको मागलाई सम्बोधन गर्न भन्दे आन्दोलन गरेको जनमत पार्टीा केहि नेता कार्यर्तालार्य प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु माथि दुव्र्यवहार भएको भन्दै राउतले फेसबुक मार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएका हुन् ।

उनले भनेका छन् , ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’

२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’ भन्दै राउतले एसपी पाण्डेलाई चेतावनी दिएका छन् ।

किसानलाई पक्राउ गरेपछि किसानको समर्थनमा आन्दोलन गर्दे आएको जनतम पाटप्र्एले चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले आजबाट दुई दिनको लागी निषेधाज्ञा जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर