प्रदेश २ को नाम र राजधानीको विषयमा सहमति जुटाउन विशेष समिति गठन — OSNepal

प्रदेश २ को नाम र राजधानीको विषयमा सहमति जुटाउन विशेष समिति गठन

LC (KTM) December 28, 2021 0

जनकपुरथाम । १३ पौष । प्रदेश २ को नाम र राजधानीको विषयमा सहमति जुटाउन विशेष समिति गठन भएको छ ।

प्रदेश सभामुख रोज यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी प्रदेश सभाले विशेष समिति गठन गरेको हो ।

उक्त विषेश समितिको सदस्यमा दिलिप साह,परमेश्वर साह,बिदेश्वर यादव ‘बिक्की’,शत्रुधन महतो, शारदा थापा, शिवचन्द्र चौधरी, उपेन्द्र कुशवाह, किशोरी साह ‘कमल’, जगत यादव,शैलेन्द्र कुमार यादव, सञ्जय यादव, सावित्री देवी साह, सुन्दर बिक र सुरिता साह रहेका छन् ।

प्रदेशको नाममा चारवटा प्रस्ताव र राजधानीबारे २ वटा प्रस्ताव दर्ता भएको छ यही विषयमा रहेर समितिले छलफल गर्ने भएको छ ।

प्रदेश २ को नाममा मधेस , जानकी ,मिथिला(भोजपुरा र मध्यमधेस चार प्रस्ताव दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर