अमेरिकामा लक्षणविहीन कोरोना सङ्क्रमित पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्ने — OSNepal

अमेरिकामा लक्षणविहीन कोरोना सङ्क्रमित पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्ने

LC (KTM) December 28, 2021 0

अमेरिका, १३ पुस-अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’को समय आधा कम गरिएको छ ।सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन सङ्क्रमितका लागि ‘आइसोलेसन’को समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो ।

पाँच दिन आइसोलेुनमा बसेपछि अरु पाँच दिन मानिसहरूको समूहमा जाँदा वा भेटघाटको क्रममा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने सीडीसीले उल्लेख गरेको छ । नयाँ निर्देशिका बाध्यकारी नभए पनि अमेरिकाका अधिकांश व्यवसाय तथा नीति निर्माताहरूले पालन गर्ने गरेका छन् ।

सीडीसीले आफ्नो पछिल्लो निर्देशिका विज्ञानमा आधारित रहेको बताएको छ । सङ्क्रमण फैलिने सम्भावना सङ्क्रमणको सुरुआती समयमा हुने भएकाले पाँच दिन मात्रै आइसोलेसनमा बसे हुने सीडीसीको भनाइ छ । यस्तै खोप नलगाएका वा बुस्टर मात्रा नलगाएकाहरू कोरोना सङ्क्रमितसँगको सम्पर्कमा आएको अवस्थामा पाँच दिनसम्म ‘क्वारेन्टिन’मा बस्नुपर्ने र अरु पाँच दिन मास्क लगाउनु पर्ने पनि सीडीसीले उल्लेख गरेको छ । बुस्टर मात्रा लगाएकाहरूले भने क्वारेन्टिन गर्नुपर्ने छैन, तर १० दिनसम्म मास्क भने लगाउनु पर्नेछ । (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर