मुम्बइमा तिव्र गति बढ्यो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण — OSNepal

मुम्बइमा तिव्र गति बढ्यो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण

LC (KTM) December 30, 2021 0

काठमाडौं, १५ पुस-भारतको राजधानी मुम्बइमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ६७१ संक्रमित थपिएका छन् । यससँगै मुम्बइमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ ।बीएमसीका अनुसार मुम्बइका कूल संक्रमित मध्ये २९ धारावीबाट रहेका छन् ।

त्यस्तै पश्चिमबंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन् । राज्यमा १२ जनाको मृत्यु भएको छ ।संक्रमितको संख्या बढेसँगै मुम्बइमा विद्यालयहरु बन्द गरिएका छन् भने रात्रि व्यवसाय र यातायाता क्षमतामा ५० प्रतिशत कटौती गरिएको छ । पसलहरु र मलहरुका लागि समय तोकिएको छ । मानिसहरु भेला हुन रोक लगाइएको छ ।

तस्बिर : गेट्टी इमेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर