आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढेपछि अश्रुग्यास प्रहार — OSNepal

आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढेपछि अश्रुग्यास प्रहार

LC (KTM) December 30, 2021 0

काठमाडौं, १५ पुस-सुडानमा आन्दोलन चर्किएको छ । आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढिरहेका छन् । अन्दोलनकारीलाई राजधानी खार्तुममा सुरक्षाकर्मीले राष्ट्रपति भवन तर्फ बढ्न रोक्ने प्रयास गरिरहेका छन् । त्यसक्रममा प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरिएको छ ।

सुडानमा अक्टोबरमा सत्तापलट भएको थियो र त्यसविरुद्धको प्रदर्शनमा हजारौं मानिस लकडाउनलाई तोडेर सडकमा निस्किएका छन् ।

मानिसहरु एकीकृत हुन नसकुन् भन्नका लागि फोन र इन्टरनेट बन्द गरिएको छ भने भने मानिसको गतिविधि हेर्नका लागि मुख्य सडकमा क्यामेराहरु जडान गरिएको छ । तर हजारौंको संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर