प्रतिनिधिसभाको बैठक अगाडी सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक — OSNepal

प्रतिनिधिसभाको बैठक अगाडी सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोली पौष १८ गते बस्ने प्रतिनिधि सभाको बैठक अगावै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बस्ने भएको छ । साथै प्रतिनिधिसभाको बैठक भने दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वर बस्ने कार्यव्यवस्थाको बैठकमा सबै दलको प्रतिनिधित्व रहने भएको छ ।

बैठकमा संसद बैठकको कार्यसुची लगायत नेकपा एमालले गर्दै आएको संसद अवरुद्धको विषयमा पनि छलफल हुने भएको छ ।

उक्त सभामुखले बोलाएको बैश्ठकमा नेकपा एमाले भने जाने निश्चित भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर