माओवादी महाधिवेशन : नेतृत्व चयनको लागि आज बेलुका ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु — OSNepal

माओवादी महाधिवेशन : नेतृत्व चयनको लागि आज बेलुका ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्र्तगत आज बेलुका ८ बजेदेखि उम्मेदवारी दर्ता हुने भएको छ ।

नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा मतदाता नामावली समेत निवार्चन आयोगले प्रकाशित गरिसकेको छ । अहिले ८ बजेबाट बाट साढे ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले निर्वाचन कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेका छन् । जसमा उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८: ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय गरिने समय तोकिएको छ ।

साथै
९:१० बजे उम्मेदवारको नामावली पुनस् प्रकाशन तथा ९ :३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।

यसैगरी राति ११ : १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ११स् ३० देखि राति ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर