राष्ट्रिय पोसाकको आधिकारिकताको विषय क्याबिनेटमा लैजान्छु : मन्त्री आले — OSNepal

राष्ट्रिय पोसाकको आधिकारिकताको विषय क्याबिनेटमा लैजान्छु : मन्त्री आले

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफुले अब राष्ट्रिय पोसाकको आधिकारिकताको विषयमा निर्णय गराउन लागि पर्ने बताएका छन् ।

शनिबार राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले आयोजना गरेको राष्ट्रिय पोसाक दिवसको अवसर मन्त्री आलेले यस्तो बताएका हुन् ।

‘हामीले अहिलेसम्म राष्ट्रिय पोसाक मात्रै मनाइराख्ने हो कि ? त्यसलाई कार्यान्वयनमा ल्याउने हो ? यो विषयमा मैले अध्यक्षज्यूलाई भने तपाईंहरू पूरा तयारीको साथ आउनुहोस् ।’ उनले भने ।

नेपाली पोसाक हरेक नेपालीको पहिचान भएको बताएका मन्त्री आलेले आफ्नो मन्त्रालयको तर्फबाट,आफ्नो तर्फबाट यसलाई आधिकारिकता दिनका लागि क्याबिनेटमा यो फाइल लग्नेछु समेत जनाकारी गराएका छन् ।

राष्ट्रिय पोसाकको कुरा गर्दा जातीय पोसाकको महत्त्व कम नहुने बताएका उनले नेपाली भाषा, संस्कृति र पोसाकको प्रवर्द्धनमा योगदान पु¥याएकाहरुलाई सम्मान गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर