नयाँ वर्षको पार्टीमा गोली चल्यो, तीन जनाको मृत्यु — OSNepal

नयाँ वर्षको पार्टीमा गोली चल्यो, तीन जनाको मृत्यु

LC (KTM) January 02, 2022 0

लन्डन, १८ पुस-अमेरिकामा गाेली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाईते भएका छन् ।

पार्टीमा धेरै मानिहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकान्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार आक्रमणका एक घाईतको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर