यी महिलाले माइनस ५० डिग्रीमा ४० दिनमा १ हजार १२६ किलो मिटर हिडेर रेकर्ड बनाईन् — OSNepal

यी महिलाले माइनस ५० डिग्रीमा ४० दिनमा १ हजार १२६ किलो मिटर हिडेर रेकर्ड बनाईन्

LC (KTM) January 05, 2022 0

बेलायती मूलकी सिख आर्मी अफिसर प्रीत चंडी दक्षिण ध्रुवमा एक्लै यात्रा गर्ने पहिलो ूगैर(श्वेत महिलाू बनेकी छन् । यसो गरेर उनले इतिहास रचेकि छिन् । सीएनएनको रिपोर्टका अनुसार प्रीतले यो यात्रा गत वर्ष नोभेम्बरबाट सुरु गरेकी थिईन् । उनले अन्टार्कटिकाको हर्कुलस इनलेटबाट आफ्नो यात्रा सुरु गरेकि थिईन्। उनले अन्टार्कटिकामा केही हप्ता एक्लै स्कीइङमा बिताईन् ।

त्यसपछि जनवरी ३ मा प्रीतले ४० दिनमा १ हजार १२६ किलोमिटर ट्र्याक पूरा गरेको घोषणा गरेकी थिईन् । प्रीत चण्डीले आफ्नो ब्लगमा लेखेकी छिन्,–म अहिले धेरै भावनाहरू महसुस गरिरहेको छु । ७ नोभेम्बर २०२१ मा आफ्नो यात्रा अघि बढाएको ३२ वर्षीय प्रीतले सिएनएन लाई बताईन् । उनले आशा ब्यक्त गरेकि छिन् कि आफ्नो साहसिक कार्यले अरूलाई उनीहरूको सीमाहरूमा धकेल्न र आफूमा विश्वास गर्न प्रोत्साहित गर्नेछ ।

दक्षिण ध्रुवको यात्रा पूरा गरेपछि उनले आफ्नो ब्लगमा भनेकि छिन्– अण्टार्कटिका पृथ्वीको सबैभन्दा चिसो, अग्लो, सबैभन्दा सुख्खा र हावायुक्त महादेश हो, त्यहाँ स्थायी रूपमा कोही पनि बस्दैन । त्यहाँको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झर्छ।ू उनले थप भनिन्–जब मैले पहिलो पटक यो यात्राको योजना बनाएको थिएँ, मलाई यो महादेशको बारेमा धेरै थाहा थिएन। तर मलाई त्यहाँ जान मन लाग्यो । यसअघि उनले साढे दुई वर्ष यसका लागि आफूलाई तयार गरेकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर