स्रोत नखुलेको नगद सहित राजेश र दिलिप पक्राउ — OSNepal

स्रोत नखुलेको नगद सहित राजेश र दिलिप पक्राउ

LC (KTM) January 19, 2022 0

सप्तरी ५ माघ । राजबिराज नगरपालिका-५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका-५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका-१२ बस्ने २४ वर्षीय दिलिप मण्डल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर