पाँच दिनअघि फ्लोरिडामा डुंगा डुब्दा हराएका ३९ जनाको अवस्था अझै अज्ञात — OSNepal

पाँच दिनअघि फ्लोरिडामा डुंगा डुब्दा हराएका ३९ जनाको अवस्था अझै अज्ञात

LC (KTM) January 26, 2022 0

फ्लोरिडा, १२ माघ-फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक अधिकारीहरुले जनाएका छन् ।

एक माझीले मंगलबार डुंगामा झुन्डिएका एक व्यक्तिलाई देखेपछि डुंगा दुर्घटना भएको सार्वजनिक भएको थियो । दुर्घटनमा बाँचेका ती व्यक्तिका अनुसार बाहामासको बिमिनीबाट शनिबार एउटा समूह डुंगामा चढेको थियो । पहिचान नखुलेका ती व्यक्तिका अनुसार कुनै पनि यात्रुले लाइफ ज्याकेट लगाएका थिएनन् ।

बिमिनी टापु बाहामासको सुदूरपश्चिम क्षेत्र हो, जुन मियामीबाट केबल ८० माइल दूरी टाढा पर्छ

डुंगामार्फत मानव तस्कर गरिएको हुनसक्ने तटीय अधिकारीहरुले अनुमान गरेका छन् । मियामीको तट रक्षक निकायले पानी जहाज र विमानमार्फत समुद्रमा डुबेका मानिसहरुको खोजी गरेको जनाएको छ ।

शनिबार दुर्घटना भएको सो डुंगाका यात्रुमध्ये मंगलबारसम्म कुनै पनि जीवित फेला नपरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर