गठवन्धनमै विरोध आउँदा पनि प्रधानमन्त्री देउवा भन्छन् - एमसीसी पारित हुन्छ ढुक्क भए हुन्छ — OSNepal

गठवन्धनमै विरोध आउँदा पनि प्रधानमन्त्री देउवा भन्छन् – एमसीसी पारित हुन्छ ढुक्क भए हुन्छ

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निवार्चन जेठ ४ गते गर्ने बताएसँगै निवार्चन आगावै एमसीसी पारित हुने पनि बताएका छन् ।

आज बागमती प्रदेश नेपाली कााग्रेसका पदाधिकारीहरुसँगको भेटमा देउवाले निर्वाचन अगावै एमसीसी पारित हुने बताएका हुन् । पदाधिकारीहरुसँगको भेटमा देउवाले भनेका छन्, ‘जेठ ४ मा स्थानीय तहको चुनाव हुन्छ,एमसीसी पनि पारिन हुन्छ ।’

एमसीसी पारित हुनेमा ढुक्क हुन भन्दै प्रधानमन्त्री देउवाले तिनै तहको निर्वाचन समयमै हुने पनि स्पष्ट पारेका छन् ।

कांग्रेसका सभापति समेत रहेको देउवाले कांग्रेसलाई विजयी गराउनुपर्छ भन्दै सबैलाई चुनावमा लाग्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर