प्रधानमन्त्री देउवाले ४ जेठमै स्थानीय तहको निर्वाचन हुन्छ भनेपछि सेयर बजारमा उछाल — OSNepal

प्रधानमन्त्री देउवाले ४ जेठमै स्थानीय तहको निर्वाचन हुन्छ भनेपछि सेयर बजारमा उछाल

LC (KTM) February 01, 2022 0

काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ ।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिएका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले ४ जेठमै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने जानकारी दिँदै तयार भएर लाग्न निर्देशन दिनुभएको छ,’ कांग्रेस बागमती प्रदेश समितिका एक नेताले भने । देउवाले चुनावको मिति नै तोकेर बोलेपछि सेयर बजारमा उछाल आएको छ । साताको तेस्रो दिन २ बजेतिर निर्वाचनको समाचार आएसँगै शेयरबजारमा उछाल आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर